१० असार २०८२, मंगलवार

कुपोषणको मारमा बाँकेका बालबालिका
  • न्युज मानसराेवर

बाँके\ बाँकेको डुडुवा गाउँपालिका–२ दासपुरुवाकी २२ महिने जुगुन्ती नाउँको तौल मात्र ५ किलो छ । जुगन्तीका शरीरका सबै भागहरू शिथिल र अनुहार खिइएको छ।

चिकित्सकहरूले जग ‘गम्भीर कुपोषित’ को श्रेणीमा राखेका छन्। त्यस्तै, सोही वडाकी ११ महिने राधिका खटिकको तौल ४ किलो मात्र छ। स्थानीय वेतहनी स्वास्थ्य चौकीका अहेव प्रदीपकुमार शाहका अनुसार, यी घटनाहरू त प्रतिनिधि उदाहरण मात्र हुन्।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार, चालु आर्थिक वर्ष २०८१-८२ मा मात्रै ५९ हजार ५१३ बालबालिकामा कुपोषण देखिएको छ। तीमध्ये ७८२ जनामा कडा शीघ्र कुपोषण रहेको छ भने २ हजार ५२७ बालबालिका मध्यम कुपोषणको अवस्थामा छन्।

५ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई कुपोषण परीक्षण गर्दा ० देखि २३ महिना उमेर समूहका बालबालिकामा कुपोषणको दर सर्वाधिक देखिएको छ। परीक्षण गर्दा बालबालिकाहरूको उमेर अनुसारको तौल ,उचाइ ,मोटोपना ,दुब्लोपना र ख्याउटेपनाको अवस्था बारे पत्ता लगाउने गरिएको स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले बताए ।

  • १० असार २०८२, मंगलवार प्रकाशित

  • Nabintech