१४ असार २०८२, शनिबार

न्यायिक सहायता बजेटका लागि पैरवी संवाद
  • न्युज मानसराेवर

कर्णाली\ कर्णाली प्रदेशको विकट जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा न्यायिक सहायता बजेट विनियोजनका लागि पैरवी संवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सयूक्त राष्ट्र विकास कार्यक्रम ( UNDP/A2J ) परियोजनाको सहयोग र पहाडी क्षेत्र विकास अभियान जाजरकोट को साझेदारीमा सञ्चालित कानूनी सहायता,कानूनी सचेतना र जवाफदेहिता मार्फत कर्णाली प्रदेशका महिला र सिमान्तकृत समूहहरुको न्यायमा पहँुच अभिवृद्धि परियोजना अन्तरगत उक्त कार्यक्रम सम्पन्न भएको हो ।
शुक्रबार त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायाको अध्यक्षतामा सम्पन्न संवाद कार्यक्रममा महिला र सिमान्तकृत समुहहरुलाई लक्षित गरेर नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरिनु पर्नेमा जोड दिइएको थियो । महिलामैत्री दलितमैत्री अपाङ्गता भएका व्यक्ति मैत्री खास गरी महिला र सिमान्तकृत समुह लक्षित बजेटको माग गरिएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकामा नगर प्रमुख रोकायाले भन्नु भयो–“ हामीले नीति तथा कार्यक्रम नगर सभामा पेश गरिसकेको अवस्था छ तर संवाद कार्यक्रममा माग भएका केही कार्यक्रमहरुका लागि संशोधन गरेर पनि सम्बोधन गरिने छ ।” त्यसै गरी उपप्रमुख देवि घर्तिले महिलाहरुको लागि लक्षित कार्यक्रममा बजेटको व्यवस्था गर्ने बताउँनु भएको छ ।
यस नगरपालिकाका वडा नम्बर २ का वडाअध्यक्ष टंकबहादुर थापाले संवाद कार्यक्रममा उठेका कार्यक्रमहरु सन्र्दभिक भएको र उ्रक्त कार्यक्रम र बजेटको व्यवस्था ध्यान दिएर गरिने प्रतिवद्धता जनाउँनु भएको थियो । सहभागी वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु महिला र सिमान्तकृत समुहहरुको न्यायमा पहुँचका लागि बजेट विनियोजन हुनु पर्नेमा सहमत जनाउँनु भएको थियो ।
सहभागीहरुले बजेट विनियोजन हुनेमा आशा व्यक्त गर्नु भएको थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर थापा, नगरपालिकाका विभिन्न शाखा र सर्वसाधारणको समेत उपस्थिति रहेको कार्यक्रमको सहजिकरण परियोजना संयोजक भिमबहादुर नेपालीले गर्नु भएको थियो ।

  • १४ असार २०८२, शनिबार प्रकाशित

  • Nabintech