बाँके\बाँकेको राप्तीसोनारी–९, ढकेरीस्थित झिझरी महिला सामुदायिक वनमा एकै दिन आठ हजारभन्दा बढी बिरुवा रोपिएका छन् । राष्ट्रिय वृक्षरोपण दिवस–२०८२ का अवसरमा नेपाल सरकारका वन तथा वातावरण राज्यमन्त्री रूपा विक र लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारको उपस्थितिमा विभिन्न प्रजातिका आठ हजारभन्दा बढी बिरुवा रोपिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।