बाँके\भूमि समस्या समाधान आयोग बाँकेले बाँकेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि लालपुर्जा वितरण गर्ने काम तिव्र पारेको छ ।
गत वैशाख २० गते कोहलपुर नगरपालिका वडा १ का ११६ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरेर अभियान सुरु गरेको आयोगले जेठ ३१ गते वडा १ कै ६८ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिसकेको छ ।
आयोगले शुक्रबार एक सूचना जारी गर्दै कोहलपुर –१ कै ६३४ जना अव्यवस्थित बसोबासीलाई जग्गा दर्ता गर्न आउनका लागि जानकारी गराएको छ । आयोगले एक हप्ताभित्र तोकिएको राजस्व बैंकमा जम्मा गरेर जग्गा दर्ताका लागि आयोगमा आउन अनुरोध गरेको हो ।
आयोग बाँकेका अध्यक्ष घननाथ खनालले कोहलपुर नगरपालिका वडा १ का थप ६३४ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा प्राप्त गर्न राजस्व जम्मा गर्न सूचना जारी गरिएको गराए।