बाँके\बाँके राष्ट्रिय निकुञ्जको प्रचार–प्रसार तथा प्रवर्धनका लागि बाँकेको कोहलपुर चौराहमा विभिन्न जङ्गली जनावरको मूर्ति स्थापित गरिएको छ ।कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा बाँके राष्ट्रिय निकुञ्जले शनिबार कोहलपुर चौराहामा विभिन्न तीन वटा जङ्गली जनावरका मूर्तिहरू राखिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिएका छन।
बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ साल असार २८ गते बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो । बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्र समेटिएको छ । निकुञ्ज क्षेत्रमा जैविक विविधताको दृष्टिले ८ वटा इकोसिस्टम, १२४ वटा वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराका प्रजातिहरू, ५८ प्रजातिका माछाहरू, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइने निकुञ्जले जनाएको छ ।