२१ असार २०८२, शनिबार

कोहलपुरमा अन्तर स्थानीय तह सिकाइ र अनुभव आदान प्रदान सम्पन्न
  • न्युज मानसराेवर

बाँके\बाँके जिल्लामा अन्तर स्थानीय तह सिकाइ र अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

राप्ती सोनारी गाउँपालिकाको आयोजनामा उक्त स्थानीय तह सिकाइ र अनुभव आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा  बैजनाथ गाउँपालिका खजुरा गाउँपालिकाका राप्ती सोनारी गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।  खजुर गाउँपालिका र बैजनाथ गाउँपालिका बिच आ\ब ८१र0८२ मा सम्पादन गरेका कार्यहरुको सिकाइ र अनुभव आदान प्रदान अन्तर स्थानीय तह समन्वय बैठक कार्यक्रम सम्पन्न गरिएको हो ।

सिकाइ आदान प्रदान कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाले गरेका कार्य प्रगति र योजनाबारे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए ।

यस्ता कार्यक्रममा स्थानीय तहका राम्रा कामहरुको अनुभव हुनुका साथै समस्याहरुको समाधानका निम्ति समेत परार्मश हुने विश्वास गरिएको अन्तर स्थानीय तह सिकाइ र अनुभव आदान प्रदान कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुको विश्वास रहेको छ। कार्यक्रममा पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

  • २१ असार २०८२, शनिबार प्रकाशित

  • Nabintech