२२ असार २०८२, आईतवार

बाघको छालासहित पक्राउ परे ३ जना
  • न्युज मानसराेवर

बाँके\दाङको लमही नगरपालिकामा प्रहरीले दुर्लभ वन्यजन्तु बाघको छालासहित ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ का ५३ वर्षीय केशवराज सेन ठकुरी, वडा नं. ६ का ४१ वर्षीय विक्रम बुढामगर र बर्दियाका ३३ वर्षीय बनिल थारु छन् ।

जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार, गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय, लमहीबाट प्रहरी निरीक्षक रोशनराज पाण्डेयसमेतको कमाण्डमा खटिएको टोलीले बाघको छालाको विक्री हुन लागेको फेला पारेको थियो ।

  • २२ असार २०८२, आईतवार प्रकाशित

  • Nabintech