२२ असार २०८२, आईतवार

बैजनाथमा छोराद्वारा बाबुको हत्या
  • न्युज मानसराेवर

बाँके\बाँकेको बैजनाथ गाउँपालिकामा छोराले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । बैजनाथ गाउँपालिका–२ मकैबारी निवासी ६० वर्षीय टोपबहादुर रोका क्षेत्रीको शनिबार राति हत्या भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार शनिबार कान्छा छोरा भविलाल रोकाले धारिलो हतियार प्रयोग गरी बुबा टोपबहादुरको हत्या गरेका हुन् । बाबुको हत्या गरेर भविलाल फरार रहेको जनाउँदै प्रहरीले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • २२ असार २०८२, आईतवार प्रकाशित

  • Nabintech