२३ असार २०८२, सोमबार

नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सङ्घीय सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएसँगै लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री चेतनारायण आर्चायलाई दिएको समर्थन फिर्ता लिएको हो ।

नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्म बहादुर चौधरीले अहिले पार्टीले समर्थन फिर्ता लिएको पत्र इमेल मार्फत मुख्यमन्त्रीलाई पठाएको बताएका छन।

उनले भने,’हामीले  समर्थन फिर्ता लिएका छाैँ,इमेल मार्फत मुख्यमन्त्रीलाई पत्र पनि पठाएका छाैँ ।’ नागरिक उन्मुक्तिबाट लुम्बिनी प्रदेशमा ४ जना सांसद् छन् । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपनि कांग्रेस एमालेको गठबन्धन सरकारलाई बहुमत पुग्न समस्या छैन ।

  • २३ असार २०८२, सोमबार प्रकाशित

  • Nabintech