२५ असार २०८२, बुधबार

कोहलपुरमा भेटिए हराएका तिनै जना बालक
  • न्युज मानसराेवर

कोहलपुर \ बागेश्वरी इंग्लिस मिडियम स्कुलमा अध्ययनरत तीन जना बालक भेटिएका छन । उनीहरु स्कुलबाटै २२ गते बेपत्ता भएका थिए । कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवन नाथ योगी र १२ वर्षीय रोबिन्द्र खड्का कोहलपुर प्रहरीले फेला पारेको हो ।
२ जना बालक कौशिलानगरबाट फेला परेको हुन भने १ बालक अहिले १० बजे कोहलपुर चौराह बाट फेला परेको हो ।

३ दिन देखी हराएका बालकहरु कोहलपुरमा हुनु र अभिभावकलाई जानकारी नहुनु यस विषयमा भने गहिरो अनुसन्धान हुन आवश्यक रहेको संस्थागत विद्यालयहरुको बुझाइ रहेको छ ।

  • २५ असार २०८२, बुधबार प्रकाशित

  • Nabintech