बाँके\नेपालमा राति आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगन्ज नाइट रन’ लाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको छ ।
‘नेपालगन्ज नाइट रन’ लाई एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस ९एम्स० मा औपचारिक रूपमा आबद्ध गरिएको जानकारी नेपालगन्ज म्याराथनका संस्थापक तथा एम्सका नेपाल प्रतिनिधि टीएस ठकुरीले जानकारी गराएका छन।
नेपालगन्ज म्याराथनको रुटलाई नेपालमै सबैभन्दा सरल मानिन्छ । एम्स सदस्यता प्राप्त भएपछि यी दौडहरू एम्सको ग्लोबल क्यालेन्डरमा सूचीकृत हुनेछन्, जसले सहरको अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउनेछ ।
ठकुरीका अनुसार नेपालगन्ज म्याराथनअन्तर्गत काठमाडौँ २५ के हेरिटेज रन, कर्णाली हाफ म्याराथन र गौघाट ग्रीन रनजस्ता दौडहरू पनि वार्षिक रूपमा सञ्चालन हुँदै आएका छन् । उहाँले यी दौडहरूलाई पनि क्रमशः एम्समा मान्यता दिलाउने तयारी भइरहेको जनाउँदै गत महिना काठमाडौँमा आयोजित ‘काठमाडौं २५ के हेरिटेज रेस’ र ‘नेपाल इन्टरनेशनल रनिङ कन्फरेन्स’ का अवसरमा एम्सको बोर्ड बैठकसमेत सम्पन्न भएको बताए ।