बाँके\प्राचीन शाक्य गणराज्य तिलौराकोट (प्राचीन कपिलवस्तु) विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास विफल भएको छ। फ्रान्सको राजधानी पेरिसमा जारी ४७ औँ बैठकमा गौतमबुद्धले २९ वर्ष बिताएको गृहनगर प्राचीन कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने नेपालको प्रयास असफल भएको हो।
युनेस्कोका मुख्य प्राविधिक सल्लाहकार इकोमसले गरेको मूल्यांकनमा पहिले नै डिफर (स्थगन) सूचीमा राख्ने प्रस्ताव गरी प्रतिवेदन बनाएका थिए। सोही प्रतिवेदनमा २१ सदस्यीय राष्ट्रयमध्ये कसैले पनि संशोधन नहालेपछि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास विफल भएको उल्लेख गरिएको छ ।