३१ असार २०८२, मंगलवार

नक्कली नोट र अफिम सहित ४ जना नियन्त्रणमा
  • न्युज मानसराेवर

कोहलपुर\जनगर्जन नेटवर्क प्रालिको कार्यकक्षमा प्रहरीले छापा मारेको छ ।

सुर्खेतबाट खटिएको अनुसन्धान ब्युरोको टोलीले कोहलपुर ११ रहेको जनगर्जन नेटवर्क प्रालि बाट १९ किलो अफिम सहित नक्कली नोट वरामद गरेको हो । त्यसै गरी कालिकोट घर भएका जनगर्जन नेटवर्क प्रा.लि. अध्यक्ष एवं सञ्चालक मनबहादुर सहकारी देउवालाई नियन्त्रणमा लिइएको कोहलपुर प्रहरीले जनाएको छ ।

सुर्खेतमा पत्रकार सम्मेलन गर्दै प्रहरी
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायम महानिरीक्षक माधव श्रेष्ठसँग कुरा बुझ्दा सुर्खेत र छिन्चु गरी ३ जना र बाँके जिल्ला स्थित कोहलपुर गरी कूल ४ जना प्रहरी नियन्त्रणमा लिएको हो ‘श्रेष्ठले भने ।  नियन्त्रण लिएका मध्ये १ जना महिला समेत  छिन।

कर्णाली प्रदेश प्रहरीका अनुसार १२ लाख ४९ हजार र ११ किलो अफिल सुर्खेत र छिन्चुमा प्रहरीले नियन्त्रण लिएपश्चिात अनुसन्धनन गर्दै जादाँ कोहलपुरमा समेत यसको जालो रहेको बुझिएपछि प्रहरीले कोहलपुरमा छापा मारेको हो ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायम महानिरीक्षक माधव श्रेष्ठले न्यूज मानसरोबरलाई जानकारी गराए ।

त्यसै गरी जिल्ला प्रहरी कार्यालयमा नक्कली नोट र नियन्त्रणमा लिइएका बारे पत्रकार सम्मेलनको तयारी भइरहेको बुझिएको छ ।

  • ३१ असार २०८२, मंगलवार प्रकाशित

  • Nabintech