२ श्रावण २०८२, बिहीबार

६ जना लुटेरा पक्राउ
  • न्युज मानसराेवर

बाँके\भारतको नयाँ दिल्लीबाट धनमाल लुटेर फर्किएका ६ जना नेपाली बाँकेको कोहलपुरमा पक्राउ परेका छन् । पक्राउ परेका सबै कालिकोटका बासिन्दा हुन् ।

उनीहरूको साथबाट १५ तोला सुनका गरगहना ९लालपत्थरसहित० र नगद सात लाख ८७ हजार रुपियाँ बरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पक्राउ पर्नेमा कालिकोटको नरहरिनाथ गाउँपालिका ९ की २८ वर्षीया सरिता शाही, रासकोट नगरपालिका १ का ४२ वर्षीय मनबहादुर शाही, सोही ठाउँकै ४२ वर्षीय तेजबहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका ८ का १८ वर्षीय पंकज केसी, सोही ठाउँका ३८ वर्षीय अनिता खत्री र ४५ वर्षीय प्रेमबहादुर खत्री रहेको बताइएको छ ।

घरेलु कामदार बनेर विश्वास जितेपछि घरधनी नभएको मौका छोपी गहना र नगद लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बाँके जिल्ला अदालतले पक्राउ परेकालाई अनुसन्धानका लागि सात दिनको थुनामा राख्न म्याद दिएकोमा थप अनुसन्धान भइरहेका कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

  • १ श्रावण २०८२, बुधबार प्रकाशित

  • Nabintech