२ श्रावण २०८२, बिहीबार

पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, लुम्बिनीका केही ठाउँमा हावाहुरी चल्ने
  • न्युज मानसराेवर

बाँके\हाल गण्डकी प्रदेशका केही, बागमती र लुम्बिनीका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनीलगायत ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

आज पनि सबैजसो प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले नाएको छ ।

राति कोशी र मधेशलगायत देशका पहाडी भू-भागको थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।लुम्बिनीका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

  • २ श्रावण २०८२, बिहीबार प्रकाशित

  • Nabintech