२ श्रावण २०८२, बिहीबार

लुम्बिनीको शहरी विकास मन्त्रालय कार्यसम्पादनमा उत्कृष्ट
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालय आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्यसम्पादन गर्नेमा मन्त्रालय बनेको छ ।

विकासे मन्त्रालय मानिने शहरी विकासले खर्च कार्यान्वयन प्रगति विश्लेषणका आधारमा उत्कृष्ट देखिएको हो। मन्त्रालयले ८४.५५ प्रतिशत पूँजीगत बजेट खर्च गरेको जनाइएको छ ।

उक्त मन्त्रालयको नेतृत्व प्युठानबाट प्रत्यक्ष निर्वाचित सरोज थापा (रोज राणा)ले गरेका छन् । कूल ५ अर्ब १५ करोड ५५ हजार रूपैयाँ बजेट पूँजीगततर्फ विनियोजन भएकोमा मन्त्रालयले ४ अर्ब ३९ करोड ८१ लाख ८४ हजार ४२५ रूपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेशले जनाएको छ ।

समग्र कार्यसम्पादन मूल्याकंनमा मन्त्रालयले सबैभन्दा उत्कृष्ट वित्तीय प्रगति गर्न सफल भएको शहरी विकास तथा खानेपानी मन्त्रालयका प्रवक्ता गुणनिधि पोख्रेलले जानकारी दिए ।  लुम्बिनी प्रदेशको समग्र प्रगति ७२.४३ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष ६.२९ प्रतिशतले वित्तीय प्रगति वृद्धि भएको हो । मन्त्री राणाले आफूले मन्त्रालय सम्हालेको शुरूदेखि नै सुशासन, पारदर्शिता र जवाफदेहिताका साथ योजनाको कार्यान्वयनमा विशेष जोड दिएको बताए । उनले योजना चयनदेखि सम्पन्नतासम्मको सम्पूर्ण प्रक्रियामा जनसहभागिता, प्राविधिक पारदर्शिता र इन्जिनियरिङ दक्षता समेट्न निर्देशन दिँदै आएकाले उत्कृष्ट भएको राणाको भनाइ छ ।

  • २ श्रावण २०८२, बिहीबार प्रकाशित

  • Nabintech