३१ भाद्र २०८२, मंगलवार

शिक्षा तथा मावस्रोत विभागले बाँकेका तेह्र जनालाई सम्मान गर्यो
  • न्युज मानसराेवर

बाँके\नेकपा (एमाले) शिक्षा तथा मावस्रोत विभागले आज नेपालगन्जमा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

विभागले शैक्षिक सत्र २०८१ को एसइइ परिक्षीको रिजल्टमा बाँके प्रथम बिध्यार्थी र बिध्यालय , अनेरास्वबियु , नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल बोद्धिक परिषदको राष्ट्रिय अधिवेशनबाट यस बांके जिल्ला बाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरू लाई सम्मान कार्यक्रम गरिएको हो।

सम्मान कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य शान्ति ढकालले पार्टी र आस्थाका संगठनबीच समन्वय गरेर काम गरेमा बाँके विकास, निर्माण र समृद्धिमा उल्लेख्य काम गर्न सकिने बताए ।

सोही कार्यक्रम संविधान सभा सदस्य तथा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य देवराज भारले संविधान र कानुनी अधिकार जनतासमक्ष पुगाउन केवल पार्टी कमिटीले मात्रै संभव नहुने त्यसका लागि बौद्धिक वर्ग अहम् भुमिका हुने उल्लेख गरे ।

 साथै कार्यक्रममा नेकपा (एमाले)  केन्द्रिय लेखा आयोग सदस्य बिजया धिताल , नेकपा ९एमाले०बांके अध्यक्ष निरक गुरूड्ग लगायत सम्मानित हुनेहरू बाट गोर्खा युनाइटेड पब्लिक स्कुलका अध्यक्ष केशर आले ,आदर्श मा बि रांझा का प्र अ प्रकाश आचार्य र धम्बोजी मा बि का प्र.अ तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सचिव बामदेव सुबेदी लगायत ले आफ्नो धारणा राखेका थिए ।

सम्मानीत गरिएकाहरुको विवरण

१ सृजना डि•सी• 4 GPA (बाल बिध्या मन्दिर कोहलपुर) बाँके प्रथम
२ अदिती यादव ३.९६ GPA सहित सामुदायिक स्कुल(धम्बोजी मा•बी• नेपालगंज) प्रथम
३ बामदेव सुबेदी -सचिव , नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय कमिटी
४ रेखा धिताल-केन्द्रिय सदस्य , नेपाल राष्ट्रिय शिक्षक संगठन
५इन्द्रिरा गौतम-केन्द्रीय सदस्य, नेपाल राष्ट्रिय शिक्षक संगठन
६ सुमन घिमिरे -अध्यक्ष -अनेरास्वबियु अनुशासन आयोग
७ वर्षा मल्ल -केन्द्रीय सदस्य-अनेरास्वबियु
८साक्षी शर्मा -आयोग सदस्य-निती,योजना तथा अनुसंधान आयोग
९कृष्ण कुमार लम्साल -सचिव(अर्थ) -नेपाल बौद्धिक परिषद
१० दमन डि•सी• -केन्द्रीय सदस्य -नेपाल बौद्धिक परिषद
११ प्रकाश रेग्मी-आयोग सचिव_लेखा आयोग
१२गोर्खा युनाइटेड पब्लिक स्कुल कोहलपुर -निजी स्कुल तर्फ बांके प्रथम (SEE -2081 मा १०३ जना मा सबै लाई पास गाराएको)
१३ आदर्श मा•बि• रांझा -सामुदायिक स्कुल तर्फ बाँके प्रथम (SEE-2081 मा ६६ जना ६४ जना पास गरेको)

  • ४ श्रावण २०८२, शनिबार प्रकाशित

  • Nabintech