३१ भाद्र २०८२, मंगलवार

कोहलपुरमा अव्यवस्थित बसोवासीले पाए लालपुर्जा
  • न्युज मानसराेवर

बाँके\बाँकेको कोहलपुर नगरपालिका वडा १ का थप तीनसय २५ अव्यवस्थित बसोवासीले शनिबार जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् ।

भूमि समस्या समाधान आयोगका केन्द्रीय उपाध्यक्ष सनतकुमार कार्कीले कोहलपुर १ का अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गरिएको छ। उपाध्यक्ष कार्कीले पछिल्लो समयमा आयोगले देशभर भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण कार्य तीव्र पारेको बताए ।उनले देशभर लालपुर्जा वितरण काम जारी रहे पनि यो काममा सबैभन्दा अगाडि बाँके रहेको उल्लेख गरेका छन।

कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले भूमिहीन नागरिकको माग र आफूले गरेको प्रतिबद्धता अनुसार कोहलपुरबाट लालपुर्जा वितरण अभियान सुरु गरिएको बताए । आयोग बाँकेका अध्यक्ष घननाथ खनालले शनिबार कोहलपुर १ का थप ३२५ जना अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गरिएको जानकारी दिए । बाँकेमा ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्तिका लागि आयोगमा आवेदन दर्ता गराएका छन् ।

जसमध्ये भूमिहीन दलितको सङ्ख्या तीन हजार ६८१, भूमिहीन सुकुम्वासीको सङ्ख्या ६ हजार ७९८ र अव्यवस्थित बसोवासीको सङ्ख्या ४३ हजार २२६ रहेको छ । बाँकेका ८ वटा पालिकामध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाबाट जग्गा प्राप्तिका लागि आवेदन दर्ता भएको आयोगले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  • ४ श्रावण २०८२, शनिबार प्रकाशित

  • Nabintech