बाँके\बाँकेका अन्य पालिकाहरूको तुलनामा सबैभन्दा कम स्वास्थ्य सेवाको पहुँच भएको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा नागरिकको स्वास्थ्य सबल बनाउन र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रम सुरु गरिएको छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार समयमा जानकारी नपाउँदा नागरिकले अकालमा ज्यान गुमाउनुपरेको अवस्थालाई ध्यानमा राख्दै सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रम सुरु गरिएको हो ।