१० श्रावण २०८२, शुक्रबार

बाँकेमा सुक्न थाल्यो रोपेको धान
  • न्युज मानसराेवर

बाँके\लामो समयदेखि प्रर्याप्त वर्षा नहुँदा रोपाइँ नै कम भएको बाँके जिल्लामा रोपाइँ भएको धानसमेत पानीको अभावले सुक्न थालेको छ।

सिँचाइ सुविधा नभएका जिल्लाका अधिकांश किसानले धान रोप्न नपाएको अवस्था पानीको अभावमा रोपेको धान सुक्न थालेको  हो।

डुडुवा गाउँपालिका-४, मुन्डापुर्वाका पुत्तन बागवानले वर्षा नहुँदा अझैँ धान रोप्न सक्नु भएको छैन।

सिँचाइ सुविधा नभएका कारण  धान रोप्न नसकेको बताए ।  कृषि ज्ञान केन्द्र बाँकेका अनुसार सुरुमा केही दिन वर्षा राम्रो भए पनि त्यसयता पानी नपर्दा धेरै किसानले धान रोप्न नपाएको र रोपेकाको पनि सुक्न थालेको बताए  । कृषि ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत खडक बस्नेतका अनुसार हालसम्म ७३ प्रतिशत धान रोपाइँ भएको तथ्याङ्क सङ्कलन गरिएको बाँकेमा रोपिएको धेरै धान पानी नपाएर सुक्न थालेको सूचना आइरहेको छ।

  • ९ श्रावण २०८२, बिहीबार प्रकाशित

  • Nabintech