११ श्रावण २०८२, शनिबार

कोहलपुरमा मोडेलको खोजी गर्दै बी नेक्ट्स इभेन्ट
  • न्युज मानसराेवर

कोहलपुर\ स्थानीय युवा प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने उद्देश्यले कोहलपुरमा पहिलोपटक “Next Model Kohalpur – Season 1” आयोजना हुन लागेको हो ।बी नेक्ट्स इभेन्ट प्रा.ली. द्वारा आयोजना तथा व्यवस्थापनमा हुन लागेको “Next Model Kohalpur – Season 1”  भोली शनिबार होटल ट्रिटप हेभन कोहलपुरमा अडिशनका संचालन गरिने पत्रकार सम्मेलनमा आज जानकारी गराइएको छ ।

आयोजक  बी नेक्ट्स इभेन्ट प्रा.लीले मोडलिङ, फेसन, कला र संस्कृतिमा रुचि राख्ने नवप्रतिभाहरू माझ उनीहरूको क्षमता उजागर गर्ने अवसर प्रदान हुने विश्वास गरेको छ ।  खासगरी कोहलपुर लगायत बाँके जिल्लाका युवायुवतीहरूलाई राष्ट्रिय स्तरको मञ्चमा पहुँच पुर्‍याउने कार्यक्रमको मुख्य उदेश्य रहेको आयोजक भरत चन्द ठकुरीले दावि गरेका छन।

फेसन तथा मोडलिङ क्षेत्रमा भविष्य खोजिरहेका सहभागीहरूले व्यक्तित्व विकास, र्याम्प वाक, फोटोशूट, संवाद कला, फेसन गाइडजस्ता सीपहरूमा तालिम समेत प्राप्त गर्ने आयोजक ले उल्लेख गरेको छ ।

प्रतिस्पर्धा १६ देखि ३० वर्ष उमेर समूहका युवा–युवतीहरूका लागि खुला गरिएको छ।  फेसन क्षेत्रमै ख्यातिप्राप्त डिजाईनर प्रतिभा खडका आयोजक भरत चन्द ठकुरी ,मेकअप आर्टिस्ट प्रनिता केसीले आज पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराएका हन् ।

  • १० श्रावण २०८२, शुक्रबार प्रकाशित

  • Nabintech