११ श्रावण २०८२, शनिबार

सिकलसेल एनिमिया र थालसिमिया जाच गर्ने मेसिन जडान
  • न्युज मानसराेवर

बाँकेको भेरी अस्पताल नेपालगन्जमा नवजात शिशुको सिकलसेल एनिमिया र थालसिमिया जाँच गर्ने मेसिन जडान गरिएको छ ।

‘एचपीएलसी’ नामको यो मेसिन नेपालमै पहिलो पटक जडान गरिएको मेसु डा. निराजन सुवेदीले दाबी गरे ।

प्रदेश सरकारले दिएको मेसिन भारतबाट आएका ईन्जिनियरले जडान गरेको उनले बताए । उनका अनुसार अहिलेसम्म १६ महिनामुनिका बालबालिकाको सिकलसेल जाँच भएको थिएन । उनले भने, ‘यो मेसिन सञ्चालनमा आएपछि नवजात शिशु अवस्थामै सिकलसेल जाँच हुनेछ । सिकसेल रगत निकालेर जाँच गरिन्छ ।’मेसु डाक्टर सुवेदीका अनुसार, भेरीमा अहिले पनि सिकलसेलका बिरामीलाई नि:शुल्क जाँच, बिरामीलाई रगत चढाउन ६ शय्याको छुट्टै वार्ड, भर्ना गर्न १० शय्याको वार्ड, विपन्नबाट १ लाख बराबरको औषधि सहयोग कार्यक्रम गरिँदै आएको छ ।

  • १० श्रावण २०८२, शुक्रबार प्रकाशित

  • Nabintech