१२ श्रावण २०८२, आईतवार

खोलामा डुबेर रुपन्देहीमा दुई बालकको मृत्यु
  • न्युज मानसराेवर

बाँके\रुपन्देहीमा खोलामा डुबेर दुई बालकको मृत्यु  भएको छ । सिद्धार्थनगर-१ स्थित डण्डा खोलामा डुबेर दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धार्थनगर–९, भट्टटोल बस्ने चण्डिप्रसाद अर्यालका छोरा १४ वर्षीय प्रज्ज्वल र नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ घर भई हाल सिद्धार्थनगर–७ बस्ने लीलाधर न्यौपानेका छोरा १५ वर्षीया दिनेश  छन् ।

रुपन्देही प्रहरीका अनुसार बालकहरू पौडी खेल्ने क्रममा हराएको भन्ने सूचनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दै जाँदा उनीहरूलाई डण्डा खोलाको पानीमा डुबेर मृत अवस्थामा फेला पारेको हो ।जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश सापकोटाका अनुसार ५ जना मध्ये ३ जना पौडी खेलेर निस्किएका थिए भने अर्याल र न्यौपाने खोलामा डुबेका थिए ।

  • १२ श्रावण २०८२, आईतवार प्रकाशित

  • Nabintech