१३ श्रावण २०८२, सोमबार

कोहलपुरका विज्ञान शिक्षकलाई अन्तर्राष्ट्रिय स्तरको तालिम दिदैः नगर शिक्षा
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुरमा अन्तर्राष्ट्रिय स्तरको तिन दिने तालिम संचालन हुने भएको छ ।

कोहलपुर नगरपालिका भित्र संचालित माध्यामिक विद्यालयका विज्ञान शिक्षकहरुलाई उक्त अन्तर्राष्ट्रिय स्तरको तालिम दिन लागिएको हो ।

कोहलपुर शिक्षा तथा खेलकुद शाखाको आयोजना उक्त तालिम दिन लागिएको कोहलपुर शिक्षा तथा खेलकुद शाखाका शाखा प्रमुख राम बहादुर हमालले जानकारी गराए।उक्त तालिममा अमेरिकन प्रोफेसर ओमर कोरेश Prof.Omer choreshले सहजीकरण गर्ने बताइएको छ ।

हमालका अनुसार अन्तर्राष्ट्रिय स्तरका अनुभव र नेपालको विज्ञान विषयमा अध्यापन र प्रयोगात्मक अनुभवबारे सहजिकरण समेत गरिने उल्लेख गरे । उत्त अन्तर्राष्ट्रिय स्तरको तालिममा कोहलपुर क्षेत्रका चालिस भन्दा बढी शिक्षकहरुको सहभागिता हुने बताइएको छ ।

तालिमले धेरै अनुभव र सिकाइ आदान प्रदान हुने विश्वास लिइएको प्याप्सन कोहलपुर अध्ययक्ष रमेश केसी बताए ।

‘हामी सकारात्मक छौँ नगर शिक्षाले शुरु गर्ने भनिएको उक्त तालिममा प्याब्सन कोहलपुर पूर्ण सहयोग छ उनले भने।’ प्याब्सन  कोहलपुरमा आवद्ध सम्पूर्ण माध्यामिक विद्यालयहरुको पूर्ण सहभागिताको लागि समेत आग्रह गरिएको बताए ।

तालिम यही १३ गते देखी १५ गते सम्म कोहलपुर स्थित जिवन ज्योति माध्यामिक विद्यालयमा संचालन हुने बताइएको छ ।

  • १३ श्रावण २०८२, सोमबार प्रकाशित

  • Nabintech