१३ श्रावण २०८२, सोमबार

लुम्बिनीका नवनियुक्त मन्त्री पाण्डेले लिए पद तथा गोपनीयताको शपथ
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका मन्त्री पाण्डेयले सोमबार प्रदेश पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई प्रदेश प्रमुख  कृष्णबहादुर घर्तीमगरले बुटवलमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता पाण्डेय यस अघि तीनपटक मन्त्री बनिसकेका व्यक्ति हुन् ।

मुख्यमन्त्रीसहित हाल ११ सदस्यीय रहेको प्रदेश मन्त्रिपरिषद्‌मा रिक्त रहेको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयंले सम्हाल्दै आएका थिए । वर्तमान मन्त्रिपरिषद् मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जनता समाजवादी पार्टीबाट १ र अब लोसपाबाट १ गरी १२ सदस्यीय बनेको छ ।यस अघि गृहमन्त्री रहेका पाण्डेय खेलकुदमन्त्री बनेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ । लोसपाका प्रदेशसभामा ३ जना सांसद छन् ।

  • १३ श्रावण २०८२, सोमबार प्रकाशित

  • Nabintech