बाँके\श्रावण शुक्ल पञ्चमी अर्थात आज नाग पञ्चमीमा नाग वा सर्पको पूजा गरिन्छ । आज बिहानै उठी स्नान गरी दियो, कलश, गणेश भगवानको पूजा गरी आफ्ना घरको ढोकाको दुवै तर्फ गाईको गोबरले विषालु सर्पको चित्र लेखेर टाँस्नु पर्दछ । नागको मानचित्रमा दहि, दूबो, कुश, सिन्दुुर, चन्दन आदिले पूजा गरी ढोकामा टाँस्नाले सर्प वा नागको भय हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ ।
नागपूजायां गृहारम्भे च नागशिरोज्ञानम् । भाद्र, असोज र कार्तिकमा पूर्व, मंसिर, पुस र माघमा दक्षिण, फाल्गुन, चैत्र र वैशाखमा पश्चिम, जेठ, असार र साउनमा उत्तर दिशामा नागको शिर हुन्छ ।
आज नाग पञ्चमी साउन महिनामा परेको हुनाले नागको शिर उत्तर दिशामा सम्झी पूजा गर्नु पर्दछ । आज बिहान ८ बजेर ४८ मिनेटदेखि १० बजेर २९ मिनेट सम्म लाभ बेला र १० बजेर ३० मिनेटबाट मध्यान्ह १२ बजेर ९ मिनेट सम्म अमृत बेला रहेकोले यो समयमा नाग टाँस्नु शुभ मानिन्छ ।
परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
अनन्तो वासुकिः पद्मो महापद्ममश्च तक्षकः ।
कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः नागहरु जस्तै: अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलि, कर्कट, शंखनाग, शेषनाग आदिको पूजा गरी तलको नाग स्तोत्र पाठ गर्दै घरको ढोकामा नाग टास्नुपर्दछ ।
अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।
सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारकाः ।।१।।
मुनेः कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् ।
विद्युदग्निभयं नास्ति लिखितं गृहमण्डले ।।२।।
अनन्तो वासुकिः पद्मो महापद्ममश्च तक्षकः ।
कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः ।।३।।
यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वरः ।
भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ।।४।।
अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी।
एह्येहि मनसा देवि १ नागमातर्नमोक्स्तुते ।।५।।
श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद शुरु भएको मानिन्छ । ज्योतिष शास्त्रीय मान्यता अनुसार आजको दिन कुनै शुभ तथा माङ्गलिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास रहँदै आएको छ । कुनै पनि घर तथा बंगाला निर्माण गर्दा भूमिमा नाग देवताको बास भए बिधिवत रूपमा पूजा गरे नागको दोषबाट मुक्त हुन धार्मिक जन विश्वास रही आएको छ ।
नाग पञ्चमीको दिन हिन्दु धर्मावलम्बिहरुले दिनभर व्रत गरी सूर्यास्त भए पछि नाग देवताको मूर्तिमा विभिन्न सामानहरू जस्तै फूल, प्रसाद तथा फलले पूजा आजा गरी प्रसाद बाढ्ने तथा आफूले पनि लिने गर्दछन् । यसरी श्रावण शुक्ल पञ्चमीको दिन श्रद्धा तथा भक्तिका साथ मनाइने यो पर्व हिन्दुधर्मावलम्बिहरुले धूमधामका साथ मनाउने गर्दछन् ।
नागपञ्चमीमा नागको पूजा गर्दा पाठ गरिने नाग स्तोत्र यस प्रकार छ :
ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमास्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सवर्दा।१।
इन्द्रलोकेषु ये सर्पास् वासुकी प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।२।
कद्रबेयाश्च ये सर्पास् मातृभक्ति परामा।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।३।
इन्द्रलोकेषु ये सर्पास् तक्षका प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा।४।
सत्यलोकेषु ये सर्पास् वासुकिन च रक्षता।
नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा।५।
मलये चैव ये सर्पास् कर्कोतक प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।६।
प्रार्थव्याचैव सर्पेभ्यस् ये साकेत वासित।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।७।
सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।८।
ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।९।
समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिनस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।१०।
रसातंलेषु ये सर्पास् अनन्तादि महाबलास्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।११।
प्रकृतिमा भएका विषालु पदार्थलाई नाग वा सर्प लगायतका जीवले शोषण गरी मानिस लगायत पशुपक्षीलाई विषालु पदार्थको प्रभाव पर्न नदिने पुष्टि गरेपछि ऋषिमुनिले नागको पूजा आज गर्ने रीत बसालेको धार्मिक विश्वास छ ।
काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेष रूपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ ।