बाँके\बाँके जिल्लामा पर्याप्त वर्षा नभएपनि सिक्टा सिँचाइ आयोजनाले निर्माण गरेको नहर तथा अन्य सिँचाइका कारण ९० प्रतिशत भन्दा बढी रोपाइँ भएको छ । सिक्टा सिँचाइ आयोजनाबाट जिल्लाको २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेकोले यस पटक वर्षा नभएपनि रोपाइ प्रभावित नभएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले बताए ।
बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुने गरेकोमा सिक्टा सिँचाइबाट २२ हजार हेक्टर र अन्य विभिन्न बोरिङ र सिँचाइबाट गरेर करिब सात हजार हेक्टरमा सिँचाइ सुविधा पुगेकोले वर्षा नभए पनि रोपाइँ सम्भव भएको राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासङ्घ बाँकेका अध्यक्ष शालिकराम डाँगीले बताए ।