बाँके\मानवबेचविखनको अत्यधिक जोखिममा रहेको नेपालगज्जस्थित जमुनाहा नाकाबाट गत एक वर्षको अवधीमा बेचविखनको उच्च जोखिममा रहेका ५७२ जना महिला तथा किशोरीको उद्धार गरिएको छ ।
मानवबेचविखन रोक्ने कार्यमा सक्रिय गैरसरकारी संस्था माइती नेपालले बाँकेको जमुनाहा नाकाबाट गत एक वर्षको अवधीमा ५७२ जना महिला र किशोरीको उद्धार गरेको जनाएको छ ।माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले विभिन्न बहाना र प्रलोभन दिएर पश्चिम नेपालका दाङ्ग, सुर्खेत, सल्यान, दैलेख र जाजरकोट लगायतका जिल्लाबाट ल्याई नाका पार गराउन लाग्दा ५७२ जनाको उद्धार गरेर घर पठाइएको न्यूज मानसरोबर डट कमलाई जानकारी गराए ।