कोहलपुर । कोहलपुरमा संचालित संस्थागत विद्यालयहरुले चार हजार ७ सय ७८ जना विद्यार्थीहरुलाई छात्रबृत्ति उपलब्ध गराएका छन।
चालु आर्थिक वर्ष २०८२ को शैक्षिक शत्रमा प्याब्सन तथा एन प्याब्सनमा आवद्ध विद्यालयहरुले उक्त छात्रबृत्ति उपलब्ध गराएका हुन।
कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाले हालै सार्वजनिक गरेको छात्रवृत्ति विवरण अनुसार जेहेन्दारतर्फ १ हजार ४सय ५१ ,द्वन्द्वपिडिततर्फ ९४ जना,विपन्न गरिब असहायतर्फ ९सय ९५ जना,महिलातर्फ ६सय ९३ जना, आदिवासी जनजातितर्फ ७सय ३६ जनारहेका छन ।
त्यसै गरी मधेशीतर्फ १सय ४६ जना, दलिततर्फ ४सय ४० जना, अपाङ्गतातर्फ ६४ जना, पिछडिएको क्षेत्रतर्फ १सय ६८ जना गरी चार हजार ७ सय ७८ जना विद्यार्थीहरुलाई छात्रबृत्ति उपलब्ध गराइएको कोहलपुर नगर शिक्षाले जनाएको हो ।
कोहलपुरमा संचालित संस्थागत विद्यालयहरुमा २०८२ को शैक्षिक सत्रमा कूल २६ हजार ४७ विद्यार्थी अध्ययनरत्त रहेका छन। प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीका अनुसार राज्यले तोकिए बमोजिम संस्थागत विद्यालयहरु उक्त छात्रवृत्ति उपलब्ध गराइएको बताए । कोहलपुरमा संस्थागत विद्यालय कूल ४९ विद्यालयहरुको प्राप्त विवरण अनुसार छात्रवृत्ति विवरण सार्वजनिक गरिएको कोहलपुर शिक्षा शाखा अधिकृत रविलाल मिजारले जानकारी गराए ।