१९ श्रावण २०८२, आईतवार

प्याब्सन कोहलपुरले नित्य प्रतियोगिता संचालन गर्दै
  • न्युज मानसराेवर

कोहलपुर \प्याब्सन कोहलपुरको आयोजनामा तिज नित्य प्रतियोगिता संचालन गरिने भएको छ । प्याब्सन कोहलपुर द्धारा अन्तर तीज विशेष तृत्य प्रतियोगिता २०८२ संचालन गरिने भएको हो ।

भाद्र ७ गते शनिबार उक्त नित्य प्रतियोगिता संचालन गरिने प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसी जानकारी गराएका छन। कोहलपुरमा रहेका कूल २८ वटा विद्यालयहरुको सहभागितामा उक्त नित्य प्रतियोगिता संचालन हुने प्याब्सन कोहलपुरका सचिव मित्रलाल वलीले बताए ।

नेपाली संस्कृति मौलिकता र परम्पराको संरक्षणमा समेत संस्थागत विद्यालयहरुको योगदान आवश्यक रहेको हुँदा यस्ता कार्यक्रमहरुले समाजमा राम्रो सन्देश दिने प्याब्सन बाँकेका निवर्तमान अध्यक्ष यम बहादुर रावतले बताएका छन।

यसै गरी प्याब्सन कोहलपुरका प्रमुख सल्लाहकार गोविन्द सुवेदीका अनुसार प्याब्सन सबैको साझा मन्दिरका रुपमा रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजप्रति जवाफदेही बताउने विश्वास व्यक्त गरेका छन।  उत्कृष्ट नृत्य प्रस्तुत गर्ने समुहलाई नगद रासिको समेत व्यवस्था गरिएको बताइएको छ ।  प्रथम ,द्रितीय ,तृतीय र सान्त्वना गरी प्रमाणपत्र र रासि उपलब्ध गराईने सचिव मित्रलाल वलीले बताएका छन।कति रासि हुने भन्ने विषयमा अझै आवश्यक छलफल हुन बाँकी रहेको समेत वलीले बताए ।  प्रतियोगितामा सहभागि हुन दर्ता शुल्क ७ हजार रहेको छ भने प्रत्येक विद्यालयले प्रतियोगितामा कक्षा १२ सम्मका विद्यतर्थी सहभागिता गराउन पाउने प्याब्सन कोहलपुरले जनाएको छ।

  • १९ श्रावण २०८२, आईतवार प्रकाशित

  • Nabintech