२२ श्रावण २०८२, बुधबार

वर्षाको मौसम डेंगुको खतरा
  • न्युज मानसराेवर

बाँके\अहिले वर्षाको मौसम रहेको छ । डेंगुको खतरा रहेको पनि छ । काठमाडौंको धेरै जसो सडक खाल्डाखुल्डी रहेको छ । पानी जमेको हुन्छ । यस्ता जमेको पानीमा नै लामखुट्टे उत्पन्न हुने गर्छ । चिकित्सकहरूले जनाएअनुसार जमेको पानीमा एडीस एजिप्टी नामको लामखुट्टेको उत्पति हुन सजिलो हुन्छ । यस्तो जातिको लामखुट्टेले टोक्यो भने डेंगु मानिसको शरीरमा फैलिन्छ । यो एक खतरनाक भाइरल संक्रमणसमेत भएकोले यसबाट बच्नु नै उत्तम उपाय हो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को अनुमानअनुसार हरेक वर्ष १० देखि ४० करोड मान्छेमा डेंगु लाग्ने गर्दछ । यसमा करिब २१ हजार व्यक्तिको मृत्यु हुने गरेको पनि डब्ल्यूएचओले जानकारीमा ल्याएको छ । डेंगु खतरनाक छ तर, डेंगुको लक्षण र बचाउको तरिका ठिकसँग थाहा पाउन सकेमा आफुलाई र परिवारलाई यस संक्रमण लाग्नबाट बचाउन सकिन्छ ।

डेंगु फैलाउने लामखुट्टे कस्तो हुन्छ ?

-डेंगु फैलाउने लामखुट्टे कस्तो हुन्छ भने यसको शरीर र खुट्टामा रहेको कालो र सेतो दागले चिन्न सकिन्छ ।

-यस्ता लामखुट्टे सानो तर, फुर्तिलो हुने गर्छ । यसको प्वाँख पारदर्शी हुन्छ भने यो धेरै उँचाइमा उड्न सकिँदैन । यसैले यो भुँईको वरिपरि कम उँचाईमा देखिने गर्छ।

डेंगुको लक्षण

-डेंगुको लक्षण खासगरी संक्रमण भएको ४ देखि १० दिनपछि देखिन्छ । शुरुआतमा ज्वरो आएको भनेर बस्ने गरिन्छ तर, विस्तारै यसले गम्भीर रूप लिने गर्छ ।
डेंगुबाट बच्ने तरिका

-सबैभन्दा पहिले लामखुट्टे उत्पन्न हुनै नदिने ।

-यसका लागि घर वरिपरि पानी जम्न नदिने ।

-कूलर र गमलाहरूको नियमित सफाई गर्ने ।

-दिनको समयमा फुल बाहुला भएको लुगा लगाउने ।

-लामखुट्टे भगाउने वा मार्न त्यस्ता उपकरण प्रयोग गर्ने । जस्तै आजभोलि लामखुट्टे मार्ने ब्याट छ । यस्तै, लामखुट्टे मार्ने लिक्विड पनि प्रयोग गर्न सकिन्छ । धूप बाल्न सकिन्छ ।

प्लेटलेट्सको जाँच जरूरी

डेंगु हुनाबितिकै प्लेटलेट्स कम हुने भन्ने चाहिँ होइन,यदि यस भाइरसले इम्यून सिस्टमलाई प्रभावित गरेमा प्लेटलेट्सको संख्या घट्न सकिन्छ ।

-डेंगु पुष्टि भएमा नियमित रूपमा प्लेटलेट्स काउन्ट जाँच गरिरहनुपर्छ । ताकि सहि उपचार गर्न सकिन्छ ।

एक स्वस्थ व्यक्तिको रगतमा प्रति माइक्रोलीटर१,५०,००० देखि ४,५०,००० प्लेटलेट्स हुन्छ।यसभन्दा तल झरेमा सतर्कता अपनाउन जरूरी हुन्छ ।

खाने के त?

-चिकित्सकहरूले यस्ता संक्रमण भएमा नरिवल पानी, ओआरएस, जुस, झोल पदार्थ जस्तैः दाल र पर्याप्त पानी पिउने गर्नु पर्ने बताउँछन् ।

-यस्तै, अमला, सुन्तला, कागती, कीवी र मेवा जस्ता भिटामिन सी युक्त फलफूल खाने ।

-खानामा लसुन, अदुवा र बेसारको प्रयोग पनि लाभदायक हुन्छ ।

-ड्राईफुट्स र सीड्स खान मिल्छ ।

-चिकित्सकहरूको अनुसार माथि दिइएको खानेकुरा खाएमा इम्युनिटी पावर बढ्ने गर्छ ।

  • २० श्रावण २०८२, सोमबार प्रकाशित

  • Nabintech