बाँके\तीन दिनदेखि भएको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले मङ्गलबार बिहान चेतावनी तह पार गरे पनि बुधबार बिहानसम्म क्रमशः पानीको सतह घट्दै गएकाले ठुलो बाढी र डुबानको खतरा टरेको छ ।
पानीको सतह घटेर सामान्य बन्दै जाँदा बाढी र डुबानको खतरा हाललाई टरेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।उनले बाँके जिल्लास्थित पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रमा जलसतहले मङ्गलबार चेतावनी तह पार गरेर चार मिटर ९२ सेन्टिरमिटरसम्म पुगेपनि पछि क्रमशः घट्दै गएर बुधबार बिहानसम्म पानीको सतह तीन मिटर ४३ सेन्टिमिटरमा झरेको जानकारी गराए ।