२५ श्रावण २०८२, शनिबार

बाँकेमा बढे डेंगु र स्क्रबटाइफसका बिरामी
  • न्युज मानसराेवर

बाँके ।बाँकेमा डेंगु र स्क्रबटाइफसका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ । जिल्लामा पछिल्लो तीन महिनामा २९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको र ८९ जनामा स्क्रबटाइफसको शङ्कास्पद सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

भेरी अस्पताल नेपालगन्ज, सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस, कान्ति आरोग्य अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगायतका अस्पतालहरुमा डेंगु तथा स्क्रबटाइफसका बिरामीहरु आउनेक्रम बढेको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले बताए ।

बाँके, बर्दिया, दाङ, कैलाली लगायतका जिल्लाहरुबाट डेंगु र स्क्रबटाइफसका बिरामीहरु अस्पतालमा आइरहेको बताए । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा।राजन पाण्डेका अनुसार डेंगु भएमा अचानक ज्वरो आउने, टाउको दुख्ने तथा आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्नेलगायतका मुख्य लक्षणहरू देखिने उल्लेख गरे ।

उनले अनुसार डेंगु सङ्क्रमण भएका धेरै बालबालिका दैनिक अस्पतालमा आइरहेका छन् । डेंगु मात्र नभएर स्क्रबटाइफसको सङ्क्रमण भएका बालबालिका पनि अस्पतालमा आइरहेको बताएपछिल्लो तीन महिनामा बाँकेमा २९ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । ५२८ नमुना परीक्षण गरिएकोमा २९ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन दुर्गा गौतमले बताए ।

उहाँका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका १८ जना र कोहलपुर नगरपालिकाका ११ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

  • २५ श्रावण २०८२, शनिबार प्रकाशित

  • Nabintech