बाँके\बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गको मुगुवा खोला नजिक ट्रक र टिपर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार बुधबार बाँकेको राप्ती सोनारी गाउँपालिका–२, मुगुखा खोला नजिक ना ५ ख ३६१० नम्बरको ट्रक र भे १ ख ३१६९ नम्बरको टिपर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । कोहलपुरतर्फ आइरहेका दुबै गाडी ठोक्किँदा टिपरमा सवार राप्ती सोनारी–१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही टिपरमा सवार कोहलपुर–१५ का २५ वर्षीय सुदीप चौधरी घाइते भहुनुभएको छ। चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खत्रीको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा ल्याइएको छ ।