बाँके \बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलीले बसपार्क क्षेत्रबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित नेपालगञ्ज–९ बस्ने १७ वर्षीय समिर ढपाली र वडा नं १३ बस्ने राजन सोनकारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
उनले ने १ ह ४५०२ नंको ई–रिक्सामा पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको अवस्थामा उनीहरूलाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको बताए । दुवै जनामाथि थप अनुसन्धान सुरु भएको र उनीहरू भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । दुई दिनअघि मात्र प्रहरीले गोली चलाएर लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको थियो । तीमध्ये दुई जना भारतीय नागरिक हुन् ।