बाँके\रुपन्देहीको तिलोत्तमा नगरपालिका लगातार दोस्रो पटक देशभरको उत्कृष्ट नगरपालिकाको सूचीमा समावेश भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)को आर्थिक वर्ष २०८०/०८१ को नतिजामा कार्यसम्पादनमा आधारमा देशभरका उकृष्ट तीन नगरपालिकाको सूचीमा समावेश गरेको छ ।उत्कृष्ट ३ नगरपालिकाको सूचीमा तिलोत्तमा नगरपालिकाका अतिरिक्त चितवनको खैरहनी र धादिङको नीलकण्ठ नगरपालिका छन् ।
मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंनको उत्कृष्ट तीनको नतिजा सार्वजनिक गरेको थियो ।