४ भाद्र २०८२, बुधबार

निजी विद्यालयको आन्दोलनका कार्यक्रम सार्वजनिक
  • न्युज मानसराेवर

बाँके\ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले विभिन्न आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् । भोलि (बिहीबार) बाट सुरु हुने आन्दोलन निरन्तर रहने यी दुई संगठनले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको छ ।

विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आएका उनीहरूले ५ बुँदे माग राखेर आन्दोलन घोषणा गरेका हुन्  आन्दोलनका कार्यक्रम अनुसार, भोलि भोलि बिहान ११ बजेबाट माइतीघर मण्डलामा पुगेर प्रधानाध्यापकहरूले ब्यानरसहित प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, पर्सि देशभरका विभिन्न विद्यालयका स्कुल बसमा कालो झण्डासहितको प्रदर्शन, सोही दिन दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भएर शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति र संघीय संसद घेराउ गर्ने कार्यक्रम पनि तय भएको विज्ञप्तिमार्फत जनाइएको छ ।

भदौ ६ गते देशैभरका स्कुल बसहरू विद्यालय नजिकैको चोकमा उतारेर नगर परिक्रमा गर्ने लगायतका आन्दोलन घोषणा गरेको हो ।

सोही दिन काठमाडौं उपत्यकाको २७ किलोमिटर चक्रपथ वरपर स्कुल बसहरूको कालो झण्डा र ब्यानरसहित र्‍याली गर्ने कार्यक्रम पनि तय भएको छ । लगत्तै, दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भएर शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति र संघीय संसद घेराउ गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।   त्यसै गरी  ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने बताइएको छ । भदौ ८ गतेसम्म पनि आफ्ना मागहरू पूरा नभए थप आन्दोलनमा  जाने बताएका हुन् ।

त्यसै गरी आन्दोलन प्रभावकारी बनाउन सबै जिल्लाहरु बाट अनिवार्य एक विद्यालय एक प्रतिनिधि अनिवार्य काठमाडौँमा सहभागि जनाउन प्याब्सनले आग्रह समेत गरेको छ ।

 

 

 

  • ४ भाद्र २०८२, बुधबार प्रकाशित

  • Nabintech