७ भाद्र २०८२, शनिबार

प्याब्सन कोहलपुरले सम्पन्न गर्यो छैठौं अन्तर विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर नगर प्याब्सनको आयोजनामा छैठौँ प्याब्सन अन्तर विद्यालय नगर स्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ ।

छैठौँ प्याब्सन अन्तर विद्यालय नगर स्तरीय तीज नृत्य प्रतियोगिता उद्घाटन गर्दै कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुवेदीले निजी विद्यालयहरुसँगको सहकार्यमा स्थानीय सरकार सधै रहीरहेको बताइन ।उनले संघिय शिक्षा विधेयक २०८०मा रहेका प्रावधान विरुद्ध यहाँहरुले आन्दोलन गर्नु भएको छ पक्कै पनि तपाईहरुका माग पुरा हुने छन भन्ने विश्वास लिएको छु सुवेदी भनिन् ।कोहलपुर प्याब्सनमा आवद्ध कूल २८ निजी विद्यालय मध्य २४ वटा विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथम स्थान २ दुई विद्यालय घोषणा गरिएको थियो । जसमा बाल विद्या मावि , नमुना विद्या सदन रहेका छन ।

उनीहरुले प्रथम पुरस्कार २५ हजार प्राप्त गरे ।त्यसै गरी छैठौँ प्याब्सन अन्तर विद्यालय नगर स्तरीय तीज नृत्य प्रतियोगिताको दोस्रो राम जानकी माविले नगद १५ हजार , तेस्रो , बेवि बुल्म मन्टेश्वरी १० हजार र सान्त्वना गोर्खा यूनाइटेड पब्लिक स्कुलले नगद ७ हजार प्राप्त गर्यो ।

कार्यक्रममा निर्णायक नेपाल नृत्य निर्देशक संघ नेपाल केन्द्रिय उपाध्यक्ष भावना कार्की ,नेपाल नृत्य संघ लुम्बिनी प्रदेश सदस्य खगेन्द्र नेपाल गौरव थापा रहेका थिए ।

कार्यक्रममा प्याब्सन बाँकेका निवर्तमान अध्यक्ष यम रावत , प्याब्स्न विपत् व्यवस्थापन समितिका केन्द्रिय सदस्य दिनेश सिग्देल , प्याब्सन बाँकेमा वरिष्ठ उपाध्यक्ष शदर चन्द्र रावल , कोहलपुरका सल्लाहकार गोविन्द सुवेदी ,लगाएत शुभकामना मन्तब्य तथा पुरस्कार वितरण गरेका थिए । प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीको अध्यक्षता संचालन गरिएको कार्यक्रमका संचालन प्याब्सन कोहलपुरका सचिव मित्रलाल वलीले संचालन गरेका थिए ।

  • ७ भाद्र २०८२, शनिबार प्रकाशित

  • Nabintech