७ भाद्र २०८२, शनिबार

बाँकेमा ८५ किलोमिटर सडक निर्माण
  • न्युज मानसराेवर

बाँके\बाँकेमा करिब ८५ किलोमिटर विभिन्न प्रकारका सडक र नाला निर्माण गरिएको छ ।

सडक पूर्वाधार विकास र सहरी विकास तथा भवन कार्यालयले क्रमशः ४५ र ४० किलोमिटर सडक बनाएका हुन् ।सडक पूर्वाधार कार्यालयका प्रमुख दीपक खड्काले आव २०८१/०८२ ४५ किलोमिटर सडक र पक्की नाला निर्माण गरिएको जानकारी दिए ।

उनले सबैभन्दा बढी नेपालगन्ज, खजुरा र वैजनाथ गाउँपालिकामा नाला र सडक बनाइएको बताए ।सडक बनाउन रु २१ करोड खर्च भएको जानकारी पनि उनले दिए । सात वटा कल्भर्ट र कजवे, दुई वटा पुल निर्माण गरिएको छ ।

सहरी विकास तथा भवन कार्यालयमार्फत जिल्लामा ४० किलोमिटर सडक र नाला निर्माण गरिएको छ । त्यसमध्ये सबैभन्दा बढी ११ दशमलव ५४ किलोमिटर ढल, ५ दशमलव ३९ किलोमिटर ग्राभेल सडक निर्माण गरिएको कार्यालय प्रमुख रामआत्रेय शाहले जानकारी दिए । दुवै कार्यालयले गत आवमा यी काम गरेका हुन् ।

  • ७ भाद्र २०८२, शनिबार प्रकाशित

  • Nabintech