८ भाद्र २०८२, आईतवार

बाँकेमा आज थारु समुदायले मनाउँदै अट्वारी पर्व
  • न्युज मानसराेवर

बाँके\बाँकेका थारु बाहुल्य गाउँबस्तीमा आइतबार आज अट्वारी पर्व धुमधामका साथ मनाइदै छ ।

यो पर्वलाई भव्य रुपमा मनाउन गत केही दिनदेखि थारु समुदायमा तयारी तीव्र पारिएको थियो । महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजा गर्ने सबै तयारी पूरा गरिएको  र आज  आइतबार आफन्तजनसँग मिलेर पूजा गर्ने राप्ती सोनारीका हेमन्त चौधरीले बताए । अधिकांश थारु समुदायका पुरुषहरु दिदीबहिनीका लागि व्रत बस्ने चलन रहेको छ ।

  • ८ भाद्र २०८२, आईतवार प्रकाशित

  • Nabintech