३१ भाद्र २०८२, मंगलवार

बाँकेमा करेन्ट लागेर १ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\बाँकेको बैजनाथ गाउँपालिका- ७ पेडारीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय झक्कबहादुर भण्डारी छन् ।

आफ्नै कुखुरा फर्ममा रहेको बिजुलीको तारबाट मंगलबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ११ भाद्र २०८२, बुधबार प्रकाशित

  • Nabintech