कोहलपुर\कोहलपुरमा केन्द्रिय कार्यालय रहेको गैर सरकारी संस्था वातावरण तथा ग्रामिण विकास केन्द्र इन्रुडेक बाँकेले आफ्नो २७ औँ स्थापना दिवस मनाएको छ ।संस्थाले २७ औँ स्थापना दिवसका अवसरमा केक काटेर आफ्नो स्थापना दिवस मनाएको हो ।
स्थापना दिवस कार्यक्रममा प्रमुख अथिति बाँके क्षेत्र नं.१ का संघिय सांसद सुर्य ढकालले जवाफदेहीता र पारर्दशिता भएका संस्था भएकै कारण २७ औँ स्थापना दिवस मनाउन सफल हुनु भएकोमा इन्रुडेक परिवार प्रति हार्दिक बधाइ छ ढकालले भनेका छन।
सामाजिक न्यायमा इन्रुडेक बाँकेले खेलेका भूमिका उल्लेखनीय रहेको बताउदै ढकालले आगामी कार्यआयोजना सफलताको काममना समेत व्यक्त गरेका थिए । कार्यक्रममा इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले २७ औँ स्थापना दिवस सम्म आउँदा साथ सहयोग र विश्वास गर्ने सबै प्रति धन्यवाद व्यक्त गरेका छन।
रोकायाले उदेश्य अनुरुप संस्थाले सामाजिक न्याय र गरिबी निवारण जवाफदेहीता नागरिक अधिकार वातावरण संरक्षण जस्ता महत्वपूर्ण कार्यक्रमहरु संचालन गरिरहेको बताए । कार्यक्रममा इन्रुडेक बाँकेले तिजको दर कार्यक्रमको समेत आयोजना गरेको थियो ।