३० भाद्र २०८२, सोमबार

प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत
  • न्युज मानसराेवर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।

मंगलबार राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री ओलीले पेस गरेको राजीनामा आजैका मितिदेखि लागू हुने गरी स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।संविधानको धारा ७७ को उपधारा (३) अनुसार नयाँ मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान मन्त्रिपरिषद्ले कार्य सम्पादन गर्ने व्यवस्था रहेको छ ।

त्यसअनुसार ओली नेतृत्वको मन्त्रिपरिषद्ले अर्को सरकार गठन नभएसम्म कार्यवाहकका रूपमा काम गर्ने राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

  • २४ भाद्र २०८२, मंगलवार प्रकाशित

  • Nabintech