कोहलपुर \प्याब्सन कोहलपुरको आयोजनामा आज कोहलपुरमा दीप प्रज्वलन कार्यक्रम गर्ने भएको छ ।
२३ गतेको दिन जेन-जीआन्दोलनका क्रममा विद्यार्थी ,नेपाल प्रहरी तथा सर्वसाधारण नागरिकले ज्यान गुमाउनु परेको घाटनाले प्याब्सन परिवार लगायत सिङ्गो देश नै अत्यन्त मर्माहत तुल्याएको छ।
”यस शोक बिदाको अवसरमा आज प्याब्सन कोहलपुरले न्यु रोड चोकमा बेलुका ६ बजे दीप प्रज्वलन कार्यक्रम गर्ने तयारी गरेका छौँ ।
प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले जानकारी गराए ।” प्याब्सन कोहलपुरमा कूल २८ वटा विद्यालय आवद्ध रहेका छन।
प्याब्सन कोहलपुरले उक्त दीप प्रज्वलन कार्यक्रममा विद्यालयका सम्पूर्ण परिवार आम नागरिकहरुलाई सहभागिताको लागि आग्रह गरिएको प्याब्सन कोहलपुरका सचिव मित्रलाल वलीले गरेका छन।
नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार असोज १ गते आज देशभर शोक बिदा दिएका छ । जेन-जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । जसमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना प्रहरी रहेका छन् । विभिन्न अस्पतालमा १९१ जनाको उपचार भइरहेको छ । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले भएको बताएका छन् ।