कोहलपुर\कोहलपुरमा आज प्याब्सन कोहलपुरको आयोजनामा न्यु रोड चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
२३ गतेको दिन जेनजीआन्दोलनका क्रममा विद्यार्थी र नेपाल प्रहरी तथा सर्वसाधारण नागरिकले ज्यान गुमाएका थिए ।
उहाँहरुको आत्माको शान्तिका निम्ति प्याब्सन कोहलपुरले दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले बताए । दीप प्रज्वलन कार्यक्रममा १ मिनेट मौन धारण समेत गरिएको थियो ।
विद्यार्थी यो देशका भविष्य हुन । ‘जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ।’ यो दुखत घटना हो । उहाँहरुको आत्माले शान्ति पाओस् भन्ने उदेश्यले दीप प्रज्वलन निजी क्षेत्रको तर्फबाट गरिएको यो पहिलो कार्यक्तम हो । प्याब्सन बाँकेका निवर्तमान अध्यक्ष यम बहादुर रावतले बताए ।’
दीप प्रज्वलन कार्यक्रममा प्याब्सन बाँकेका सल्लाहकार दिनेश सिग्देश जिल्लाका पदाधिकारी ,नगर प्याब्सनका पदाधकारी ,प्याब्सन कोहलपुरका सल्लाहकार गोविन्द सुवेदी ,प्याब्सन कोहलपुरका २८ वटा विद्यालयका प्रिन्सिपल ,नागरिक समाज सर्वसाधारण लगाएतको सहभागिता रहेको थियो ।