कर्णाली\मुगुबाट नेपालगन्ज आउँदै गरेको गाडीमा एक युवक मृत फेला परेका छन् । जुम्लाको हिमा गाउँपालिका–१, निवासी गणेश रावत मुगुबाट घर नजिकै पुग्दा बसिरहेको सिटमा मृत भेटिएका हुन् ।
गए राति भएको घटनामा २२ वर्षीय रावत आफू बसेको सिटमा सुतेकै अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक रेग्मीका अनुसार, रावत ०२००१ ख ११३८ नम्बरको एसएमएल गाडीमा सुतेका थिए । उपरीक्षक रेग्मीले भने,ञ मृतक रावत मुगुबाट उक्त गाडीमा चढेर जुम्ला आउँदै गरेका थिए ।
जुम्ला आइपुगेपछि अरू यात्रुले उठाउन खोज्दा उनी मृत अवस्थामा भेटिएका हुन्। गाडीमा सवार अरू यात्रुहरूले सुतिरहेको बाहेक कुनै असामान्य गतिविधिमा नदेखेको बताएका छन् । बाकी पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ।
प्रहरी नायव उपरीक्षक रेग्मीका अनुसार मृतक रावतका परिवारले भनेअनुसार गम्भीर बिरामी नभएको तर कहिलेकाहीँ मदिरा सेवन गर्ने गरेको बताए । अहिले उनको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको उपरीक्षक रेग्मीले बताए ।















