१८ कार्तिक २०८२, सोमबार

सल्यानमा बेहुली लिएर जाँदै गरेको जीप दुर्घटना
  • न्युज मानसराेवर

दाङ\सल्यानमा दुलही लगेर जाँदै गरेको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आज दिउँसो करिब सवा ३ बजे शारदा नगरपालिका–९ को ज्वालापुरमा दुर्घटना भएको हो ।

भागाचौरबाट थापाचौरतर्फ गइरहेको लु।प्र।०२–००१ ज।००२१ नम्बरको जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा २४ वर्षीय दुलाह चेतराम गिरी र २० वर्षीया दुलही कमला गिरी पनि घाइते भएका छन् ।

त्यसैगरी,दुर्घटनामा गुमी कवर, सोभा कवर,हरीकला कवर, प्रविन कवर ,रेनुका कवर,हेमराज कवर,कुमारी बुढाथोकी,प्रमिला गिरी,बिमला गिरी र रुपराल गिरी घाइते भएका छन् । घटनामा घाइतेहुने सबै भागाचौरकै हुन ।

प्रहरीका अनुसार घाइतेहरू सबैको उपचार जिल्ला अस्पताल सल्यानमा भइरहेको छ ।जीप चालक वनगाड कुपिण्डे नगरपालिका–१२ का करिब २६/२७ वर्षका हरीबहादुर बुढा फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

  • २३ आश्विन २०८२, बिहीबार प्रकाशित

  • Nabintech