बैजमाथ\ बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाको पांचौं साधारण सभा आज सम्पन्न गरिएको छ ।
बैजनाथ गाउँपालिकाका ४ वटा वडालाई आफ्नो कार्यक्षेत्र बनाई लघु उद्यम विकासमा सहजिकरण गरिरहेको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले आज आफ्नो पांचौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
गत असार मसान्तसम्ममा संस्थाले गरेका वित्तीय विवरणहरुको दस्तावेज सहित आयोजित साधारण सभालाई कार्यक्रमका बैजनाथ गाउँपालिका पूर्व अध्यक्ष मान बहादुर रुचाल वैजनाथ गाउपालिका वडा नं ४ का वडा अध्यक्ष प्रेम वहादुर शाहि सहकारी संस्थाका अध्यक्ष कमला बुढाले संयुक्त रुपमा दिप प्रज्जलन गरी पांचौं साधारण सभाको उद्घाटन गरिएको थियो ।
बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर इन्टरनेशनल नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको सहकार्यमा २०७७ सालमा उक्त सहकारी स्थापना गरिएको थियो। उक्त सहकारीले मुख्य उदेश्य आत्म निर्भर समाज तथा महिला शशक्तिकरणमा जोड दिइएको छ ।
कार्यक्रममा गाउँपालिका पूर्व अध्यक्ष मान बहादुर रुचालले समाज रुपान्तरणको मूलभूत सैद्धान्तिक अवधारणा अनुरुप संचालन गरिएका सहकारीलाई स्थानीय सरकारले सहयोग गर्न आवश्यक रहेको औल्याए।उनले राजनितिक रुपमा सबैको आ आफ्नो विचार रहेतापनि महिला शशक्तिकरण र उत्पादित बस्तुको बजारीकरण गर्ने सहकारी त्यो पनि महिलाहरुको मात्र नेतृत्व छ।यी सहकारीलाई सबै तहका सरकारले सहयोग गर्न आवश्यक छ रुचालले भने।
उनले महिला शशक्तिकरण र उद्यमशिलता सँंगै सँगै लैजाँदा समाज रुपान्तरण भई उन्नत समाज निमार्ण हुने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष प्रेमबहादुर शाही जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी लगाएतले ५औँ बार्षिक साधारण सभाको शुभकामना व्यक्त गरेका थिए ।
त्यसै गरी उत्कृष्ट समुह मध्य ४ वटा समुहलाई सम्मान समेत गरिएको थियो । सहकारीले शुद्द नाफा ६ लाख ३६ हजार रहेको सहकारीले यो बर्ष नगदमा नाफा बाँडफाँट गर्ने गरि साधारण सभाले पास गरेको छ भने साधारण सभासामु पेश गरिएका सबै प्रतिबेदन बहुमतकासाथ पारित गरिएको सहकारी संस्थाका अध्यक्ष कमला बुढाले जानकारी गराइन।
३ सय ५३ जनालाई उद्यमी बनाउन सफल सहकारिको हाल लगानिमा रहेको कर्जा एक करोड ६१ लाख रहेको छ भने बचत परिचालन एक करोड १२ लाख तथा चुक्ता पुँजी ४२ लाख ३१ हजार ९ सय रहेको साधारण सभामा पेश गरेको आर्थिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।
हाल सहकारीमा १५ सय ४५ शेर सदस्य मार्फत उद्यमशिलता उत्पादित बस्तुको बजारीकरण कार्यक्रम संचालन गर्दै आइरहेको सहकारिले मुख्यगरी आफ्ना शेयर सदस्यहरुलाई ब्यबसायिक बाख्रापालन, बजारिकरण र कर्जा बचतको कार्यक्रम गर्दै आएको छ ।