बाँके\टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले उत्कृष्ट कमब्याक गर्दै जीत हात पारेको छ । ओमान क्रिकेट एकेडेमीको मैदानमा आइतबार साँझ सम्पन्न खेलमा नेपालले यूएईलाई १ रनले पराजित गरेको हो ।
१४१ रनको लक्ष्य पछ्याएको यूएई जीततर्फ अघि बढ्दा नेपालले रोमाञ्चक जीत हात पारेको हो । १० ओभरमा १ विकेट गुमाएर ७५ रनको अवस्थामा रहेको यूएई अन्ततः पराजित बन्यो ।अन्तिम ओभरमा जीतमा लागि १० रन आवश्यक हुँदा यूएईले ९ रन मात्रै जोड्न सक्यो ।