बाँके।नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ ।
जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले मिति र ठाउँ प्रस्ताव गरेका छन् ।
अध्यक्ष ओलीले आज गरेको प्रस्ताव तीनदिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्णय लिनेछ ।
अहिले ओलीको प्रस्तावमाथि छलफल बैठकमा चलिरहेको छ । एमालेमा ओलीलाई नेतृत्वबाट बिदा गर्नेुपर्ने बहस चलिरहेको छ ।
तर, अध्यक्ष ओलीले भने फेसबुकले भन्दैमा नेतृत्व नछाड्ने भन्दै पार्टी कमिटीले भने मात्रै छाड्ने बताइसकेका छन् ।